काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीका सञ्चालक समिति सदस्य प्रदीपलाल श्रेष्ठ अध्यक्षमा नियुक्त भएका छन् । कर्पोरेसन सञ्चालक समितिले आइतबार उनलाई कम्पनीको नेतृत्वका लागि चयन गरेकोमा सोमबार नियुक्त गरिएको हो ।
यसअघि कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ थिए । उनले करिब ४ महिनाअघि स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसयता रिक्त अध्यक्ष पद उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले केही समयका लागि सम्हालेका थिए । कर्पोरेसनको ५६औं वार्षिक साधारणसभा चैत १० मा भएको थियो ।
सभाले प्रदीपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, अञ्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, शंकरप्रसाद श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको थियो ।
तपाईंको प्रतिकृया




