१६ वर्षीया गर्भवती जुनकलीको हेलिकोप्टरबाट उद्धार, शिशुको बाटोमै मृत्यु

काठमाडाैँ । हुम्लाकी एक १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको छ । हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया जुनकली कामीलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।

सोमबार दिउँसोदेखि प्रसव पीडा भए पनि मंगलबार बिहानसम्म सुत्केरी हुन नसकेपछि उनलाई सिमिकोटबाट दिउँसो प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । सुर्खेत विमानस्थलसम्म हेलिकोप्टरमा ल्याइएकी उनको त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्‍याइएको थियो ।

तर २ बजे अस्पताल पुर्‍याउँदा शिशुकोे मृत्यु भइसकेकोे र प्रसव पीडाका कारण आमाको योनीमा घाउ लागेको अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ । जुनकलीले तीन केजी २०० ग्रामको मृत छोरालाई जन्म दिएकी थिइन् । अहिले सुत्केरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds