राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेका यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवर्द्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गरेका छन् ।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोटो खिच्ने क्रममा चितवनकाे वैकुण्ठ तालमा खसेर गौतमको मृत्यु

काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । …

प्रतिकृया दिनुहॊस