काठमाडाैं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार, ग्लोबल बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डबाहकले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिदगर्दा २० प्रतिशत छुट पाउने छन् ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । चन्द्रागिरि बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत दिन सम्झौता गरेको बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
ग्लोबल आइएमईका १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय रहेका छन् ।





