प्रभु बैंक दोलखा शाखाद्वारा अग्निपीडितलाई आर्थिक सहयोग वितरण

काठमाडौं । प्रभु बैंकको दोलखा शाखाले गत माघ १८ गते कालिन्चोक गाउँपालिका-९ स्थित कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडित १६ परिवारलाई राहत वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडित घरपरिवारलाई शुक्रबार प्रभु बैंक दोलखा शाखाले उक्त आर्थिक सहयोग वितरण गरेको हो ।

अग्निपीडित प्रतिपरिवार १० हजार रुपैयाँका दरले कूल रु‍. एक लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बैंकका कर्जा अधिकृत दीपेन्द्र खड्काले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति इश्वरी प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय, संघसंस्थाहका प्रतिनिधिहरु, बुद्धिजिवी, जनप्रतिनिधि एवं आम सर्वसाधारणको उपस्थिति थियो । उक्त राहत रकम कालिन्चोक गाउँपालिका वडा नं ९ को कार्यालयको रोहवरमा वितरण गरिएको हो ।

गत माघ १८ गते कटुवाचौर बजारमा भीषण आगलागी हुँदा उक्त १६ वटा घर जलेर नष्ट भएका थिए । विद्युत् सर्ट भएर भएकाे आगलागीबाट करोडौंको क्षति भएको थियो भने पशु चौपाया पनि मरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री