काठमाडौं । सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन् । संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।
त्यसमध्ये डेढ महिना देशबाहिरै बितेको छ नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ । नेकपाका एक नेताले भने, ‘संकटको घडीमा विदेश किन जाने? महिनामा कति दिन विदेश बस्ने? भ्रमणका उपलब्धि के हुने? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत-प्रतिष्ठा कमायो? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ ।’
नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन् । जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । तीन महिनाको बीचमै चीन भ्रमण दोस्रोपटक हो । नेपालले चीनबाहेक चारमहिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेका छन् ।
प्रतिकृया दिनुहॊस