काठमाडौँ । आईएमई लन्डनले भ्यालेन्टाइन डेको अवसरमा विशेष योजना ल्याएको छ । जसमा ग्राहकहरूले पैसा पठाउँदा उत्कृष्ट विनिमयदार प्राप्त गर्ने छन् ।
यो विनिमयदार योजना अहिलेको उद्योगमा प्रदान गरेकोमध्ये उत्कृष्ट भएको दाबी छ । आईएमई लन्डनले बेलायतभित्र बस्ने ग्राहकहरूलाई संसारभरका सबै भागहरूमा पैसा स्थानान्तरण गर्न सेवाहरू प्रदान गर्दै आएको छ ।
आईएमई लन्डनले विभिन्न अवसर र चाडपर्वमा विभिन्न प्रचार प्रसार तथा ग्राहकका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । हाल आईएमई लन्डनले भाग्यशाली ग्राहकहरूका लागि हाल IPHONE GIVEAWAY & GIFT HAMPERS योजना पनि लागु गरेको छ ।
आईएमई लन्डन बेलायतमा दर्ता भएको रेमिटेन्स कम्पनी हो । यसले सन् २००७ देखि पैसा हस्तान्तरण सेवाहरू उपलब्ध गराउँदै आएको छ। आईएमई लन्डन UK को HMRC र FCA द्वारा नियमन गरिएको संस्था हो ।
यसको दर्ता मुख्य कार्यालय Pentax House, South Hill Avenue, South Harrow, London मा रहेको छ । थप जानकारी को लागि www.imelondon.co.uk को वेबसाइटमा हेर्न सकिनेछ ।



