माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु

काठमाडाैं । दाङमा माटोको ढिस्कोले पुर्दाएकै घरका तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

डिएसपी घर्तीका अनुसार शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी घर्तीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक तीनै जना एउटै घर परिवारका हुन् । श्यामकुमारी र मिना नन्द भाउजु हुन् भने रेजिना भतिजी रहेको प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस