खोरुंगा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा

तेह्रथुम । तेह्रथुमको खोरुंगा खोलामा निर्माणधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा भएको छ । २०७३ साल माघबाट निर्माण सुरु भएको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो ।

आयोजनाको बाँध, पाइप लाइन र विद्युत गृह लगायत सबै संरचनाको काम काम भइरहेको तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार इवाखोला र खोरुङ्गा खोलामा आयोजनाको छुट्टा–छुट्टै बाँध निर्माण भइरहेको छ । आयोजनाको दुईमध्ये इवाखोलाको बाँधको काम सकिएको छ ।

खोरुङ्गा खोलाको बाँध निर्माणाधीन रहेको छ । गत असारमा भारी वर्षापछि आएको बाढीले क्षति पुर्‍याएको इवाखोलाको बाँध क्षेत्रको अन्डर–स्लुइस गेट र ग्राभेल ट्रापको पुनर्निर्माण गरिएको कम्पनीले जनाएको छ । यस्तै, आयोजनाको विद्युत गृहको जग खन्ने काम पूरा भएको छ । सर्ज ट्याङ्कको काम पनि सुरु भएको छ ।

खोरुङगा खोलाको पानी इवाखोलामा झारेर विद्युत गृहमा पठाई साढे ७ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजना डिजाइन गरिएको छ । आयोजना सम्पन्न गरी २०७६ पुस १ गतेबाट व्यवसायिक विद्युत उत्पादन गर्ने तालिका छ । तर, लक्ष्यभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठको दावी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राहुघाटको ८० प्रतिशत निर्माण सकियो, आगामी असारभित्र निर्माण सक्ने लक्ष्य (तस्बिरहरु)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds