फागुनमा वाणिज्य बैंकको निक्षेपको ब्याज यथावत् राख्ने बैंकर्स संघको निर्णय

काठमाडौँ । नेपाल बैंकर्स संघले निक्षेपको ब्याज दर यथावत् राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले साधारण मुद्दतीको ब्याज दर ११ प्रतिशत छ । यो फागुनमा पनि यथावत् रहने भएको छ । अघिल्लो महिना वाणिज्य बैंकको निक्षेपको ब्याजदर १.१३ प्रतिशतले घटाइएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्नका लागि शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिसकेको छ । मौद्रिक समीक्षा गरेमा र नीतिगत दरहरू घटाएको अवस्थामा भने बैंकरले आज भएको सहमतिलाई शुक्रबार साँझ पुनरावलोकन गर्ने योजना बनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस