स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र बिक्री खुला

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।

बैंकले ५ वर्षे अवधिको ‘स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणप’ बिक्री खुला गरेको हो । यसमा वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन् । यस ऋणपत्रमा बैंकले १४ लाख ४० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ९ लाख ६० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ। यस ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ ।

यसमा लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस