३५.३८ प्रतिशत बढ्यो महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । बीमा शुल्क आर्जनमा वृद्धि आएपछि महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशत बढेको हो ।

इन्स्योरेन्सले चालु आवको ६ महिनामा ७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो पुसमा ५ करोड ३० लाख रुपैयाँ कमाएको थियो । इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा ८.६२ प्रतिशतको वृद्धि छ । अघिल्लो वर्ष ६७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा अहिले ७३ करोड ७७ लाख रुपैयाँ छ।

इन्स्योरेन्सको अन्य स्रोतको आय ३५.४५ प्रतिशतको वृद्धि देखिन्छ । खराब बीमालेखका लागि गरिएको जोखिम व्यवस्थापनको रकम घटेको इन्स्योरेन्सले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप