राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बिहान सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बसेको संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेस मुख्य सचेतक रमेश लेखकले २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनकाअनुसार बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँगसमेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको छ ।

राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप