काठमाडौं। माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा इलाम र म्याग्दीमा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ् र म्याग्दीको रघुगंगा गाँउपालिकास्थित राखु भगवतीमा थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
उक्त शाखा रहित सेवा केन्दहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूत्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखारहित समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन ।
प्रतिकृया दिनुहॊस