दलितसँग विवाह गरेको भन्दै नौ महिनाकी गर्भवती थुनामा

काठमाडाैं । सप्तरीमा दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले नौ महिनाकी गर्भवती बुहारी र छोरालाई थुनाएका छन् । कञ्चनरू-८ रूपानगरका २० वर्षीय मनीष साह र कञ्चनरूप-९ धरमपुरकी १८ वर्षीया कविता रामलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएका हुन् ।

कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत राजविराज इजलासबाट भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन् । राजविराजबाट मनोहर पोखरेलले आजको अन्नपूर्ण पोस्टमा यो खबर लेखेका छन् ।

पुस २१ गते घरबाट भागेदेखि नै दुवैलाई छुटाउन मनीषका अभिभावकले प्रयास गर्दै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds