काठमाडौँ । अब बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
एक सूचना जारी गर्दै प्रहरी परिसरले केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ । ‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ,’ सूचनामा भनिएको छ ।
तपाईंको प्रतिकृया




