सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१औं बैठकले दाहाललाई चारवर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास भएका हुन् । बि.सं. २००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घरभई हाल कामपा १४ मा बसोबास गर्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री