काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ ।
सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आजकै बैठकबाट संसद साचिवालयलाई निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न जबराले निर्देशन दिएका छन् ।
सत्ता साझेदारदलहरुबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको बताइएको छ । सभामुखमा पुरुष निर्वाचित भइसकेको अवस्थामा अब उपसभामुख भने महिला हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तपाईंको प्रतिकृया




