पत्रकार त्रिभुवन पौडेल विमान दुर्घटनामा परेको पुष्टि

काठमाडौं । पत्रकार त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । पौडेल काठमाडौँबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक थिए । साथै माओवादी केन्द्र निकट संगठन प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक समेत थिए ।

प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौँ आएका थिए । पोखराको फूलबारीमा बस्दै आएका उनीले करिब ४ वर्षअघि विवाह गरेका थिए । पौडेलका एक छोरा रहेका छन् । कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री