लुम्बिनीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री लिला गिरी र मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री गिरी र आयार्य एमालेबाट मन्त्री बनेका हुन् । त्यस्तै, केसी भने नेकपा माओवादी केन्द्रबाट मन्त्री कनेकी हुन् । दुवै मन्त्रीको जिम्मेवारी तोकिएको छैन ।

प्रदेश प्रमुख शेरचनले एमाले लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता गिरिलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री