१७ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार डीआईजीहरु टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरीको सरुवा भएको छ ।

यस्तै भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । गृह मन्त्रालयाम रवि लामिछाने आएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो ।12

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री