तीन हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । हरेक वर्ष आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चलअचल सम्पत्तिको सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधानलाई करिव ३ हजार निजामती कर्मचारीहरूले उल्लंघन गरेका छन्।

भ्रष्टाचार निवारण ऐन २०४९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्बन्धित कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसअनुसार गत आव २०७४\ ७५का लागि सम्पत्ति विवरण बुझाउनुपर्ने अन्तिम म्याद भदौ २९ सम्म रहेको निजामती किताबखानाले जनाएको छ।

निजामती कर्मचारीको हकमा सम्पत्ति विवरण बुझाउने ठाउँ निजामती किताबखाना तोकिएको । निजामती कर्मचारीको कुल संख्या ८८ हजार ९ सय रहेकोमा गत आवमा ८५ हजार ४ सय १३ कर्मचारीले मात्र तोकिएको समयभित्र सम्पत्ति विवरण किताबखानामा बुझाएको  खबर नागरिक दैनिकले लेखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds