माइक्रोबस र बस ठोक्किदा दुई जनाको मृत्यु, चार जना घाइते

काठमाडाैं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ मनहरीमा मंगलबार बिहान माइक्रो बस र बस ठोक्किदा दुईजनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।

दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो बस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस आपसमा ठोक्किदाँ माइक्रो बसमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये व्यास– ११ निवासी सरस्वती कुँवरको सनाखत भएको छ भने अर्की एक महिलाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहका अनुसार घाइतेहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ । दुर्घटना बिहान सवा ६ बजेको समयमा भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् । सभापति …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds