सिद्धार्थ बैंकको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले स्थापनाको २०औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको नक्सालस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवन उद्घाटन गरेको छ । एक कार्यक्रमबीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीवीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बैंकले १५ वर्ष वा सोभन्दा बढी निरन्तर सेवारत कर्मचारीलाई पनि सम्मान गरेको छ । बैंकले केन्द्रीय कार्यालयका साथै पोखरा, विराटनगर र वीरगञ्जमा पनि आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्दै आएको जनााएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds