पुसभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी, मन्त्री छान्न मापदण्ड बनाइँदै

काठमाडौँ । सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस मसान्तभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धन शक्ति बाँडफाँडको छलफलमा जुटेका छन् । सरकारमा जाने आकांक्षी धेरै भएकाले यसको व्यवस्थापन गर्न सत्तारुढ दलहरुले मन्त्री चयनको मापदण्ड नै बनाउने भएका छन् ।

विगतमा अवसर नपाएका, युवा र सकेसम्म प्रत्यक्षमा निर्वाचितलाई मन्त्री बनाउने गरी मापदण्ड बनाउने दलहरुको तयारी छ । सत्ता गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रबाट शक्ति सन्तुलनको प्रयास थालिएको सरकारमा आवद्ध दलका नेताहरुले बताएका छन् । गएको सोमवार प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएसँगै सरकारलाई पूर्णता दिनेबारे आन्तरिक छलफल शुरु भएको हो । सत्ता गठबन्धनमा सामेल केही दलले अझै सरकारमा सामेल हुने वा नहुनेबारेमा निर्णय गर्न बाँकी छ ।

माओवादीले भौगोलिक, जातीय र उमेर समूहको सन्तुलन मिल्ने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएको छ । पदाधिकारी बैठक बसेर मन्त्रीको मापदण्ड र नाम टुङ्गो लगाउने माओवादीको तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री