वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् ।

आर्थिक वर्ष ०७९-८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।

कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

काठमाडाैं । धनुषाको धनौजीमा स्कुल बसले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस