अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छासहित प्रतिनिधिमण्डलले खुमलटारमा पुगेर नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिएको थियो । गोल्छाकाअनुसार प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार छन् । महासंघले पनि प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको गोल्छाको भनाई छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको जानकारी गराए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

काठमाडाैं । धनुषाको धनौजीमा स्कुल बसले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस