प्रचण्डलाई देउवाको फोन- यसरी नरिसाउनुस्, बसेर छलफल गरौँ

काठमाडौं । सत्ता गठबन्धन बैठकमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएपछि बैठकबाट बाहिरिएर ओली निवास बालकोटतर्फ अघि बढ्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई बाटैमा फोन गरेका छन् ।

घुर्की देखाउँदै हिँडेका प्रचण्डलाई देउवाले बैठकमा आउन र सहमति गरेर गठबन्धन कायम राख्न आग्रह गरेका छन् । बालुवाटारमा रहेका एक कांग्रेस नेताका अनुसार देउवाले प्रचण्डलाई ‘ यसरी रिसाएर नहिँड्नुस्, बसेर छलफल गरौँ’, भन्दै फोन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री