मलेसियाबाट १४ हजार ५० रूपैयाँ पठाएकी बेलीमायाले जितिन् आईएमईमा १० लाख

काठमाडौं । आईएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।

‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।

मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएकी तामाङ्गले नगद १० लाख उपहार स्वरुप प्राप्त गरेकी हुन् ।

मंगलबार काठमाडौं पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप