काठमाडाैं । खल्ती वालेटले अब प्रयोगकर्ताहरुलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले साना छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नु नपर्ने भएको बताए। विगतमा पनि खल्तीले आम नेपालीहरुको समस्याहरु समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुविधाहरु ल्याइसकेको उनको भनाइ छ।
उनले भने, ‘अब परिवारसँग गुणस्तरीय समय बिताउन,चिडियाखाना घुमाउन योजना बनाउँदा घरबाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।’
इच्छुक प्रयोगकर्ताले तल बताइएको तरिकाअनुसार खल्तीमार्फत सदर चिडियाखानाको टिकट बुक गर्न सक्नेछन्:
- १.खल्ती एप को होमस्क्रिनमा ‘सेन्ट्रल जु’ मा ट्याप गर्नुहोस्
- २.उपलब्ध अप्सन जस्तै विद्यार्थी, बाल्बचा,बिदेसी पर्यटक मा आफुलाई चाहिएको कोटामा टीक गर्नुहोस्
- ३.आफुलाई आवस्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्नुहोस्
- ४.पेमेन्ट अप्सन छानी भुक्तानी गर्नुहोस्
खल्तीमार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ्ग’ मा हेर्न सक्नेछन्। खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२ इन्चको यसुदा टिभी जित्न सक्ने कम्पनीले जनाएको छ।




