एनएमबी बैंक र फोनपेको सहकार्यमा मनकामना बजार डिजिटल बनाउने अभियान सुरु

काठमाडाैं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबी बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ ।

शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा सो अभियानको सुरुवात भएको हो।

मनकामना मन्दिर परिसरमा पूजा सामग्री, फलफूल, रेस्टुरेन्ट लगायत अरु व्यवासय को भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाटनै गर्न सकिने भएको छ। बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस