सरकारले बढायो पेट्रोलियम ढुवानी भाडा, आयल निगमलाई वार्षिक ८० करोड व्ययभार थपिने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालभित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।

नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरी पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको छ । शुक्रबारदेखि लागू हुने गरी इन्धन ढुवानी गर्ने करिब १९ सय ट्याङ्करको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

दुई वर्षअघि निगमले गरेको भाडा समायोजनसम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो । सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मतपरिमाण सार्वजनिक भएपछि भाडा वृद्धिको सूचना जारी गरिएको हो । नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो । तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्वजनिक गरिएको थिएन ।le 1

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री