महालक्ष्मी विकास बैंकले गर्‍यो लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकले हाल कायम चु्क्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६.४७ प्रतिशत नगद लाभांश गरी कूल १०.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १ गते बसेको बैंकको सञ्‍चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस