प्रतिनिधिसभाको नतिजा मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश गरिने

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले प्रतिनिधिसभाको नतिजा राष्ट्रपति भण्डारीसमक्ष मङ्सिर २९ गते पेश गर्ने जानकारी दिए।

उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूको विवरण मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको र त्यसै अनुसार कार्यहरू भइरहेको बताए।

आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या उनीहरूलाई पठाइसकेको छ। आजसम्म सच्याएर आयोगमा पेश गर्न समय तोकेको छ। दलहरूले विवरण बुझाएपछि आयोगले सबै विवरण तयारी कानुन अनुसार निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ।

प्रमुख आयुक्त थपलियाका अनुसार, आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले भोलि (मङ्गलबार) पत्रकार सम्मेलनको आयोजना गर्दैछ। आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ।

प्रदेशको नतिजा पुस २ मा बुझाइने
देशका सातवटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिनेछ।

त्यसको लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर त्यसको जानकारी पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु

काठमाडाैं । सङ्खुवासभाकाे मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत …

प्रतिकृया दिनुहॊस