महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न निर्देशन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार काठमाडौं महानगरका प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न प्रशासन निर्देशन दिएको छ । नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो ।

उनीहरूमाथि नगर प्रहरी प्रमुख राजु पाण्डे, नगर प्रहरी जवान शर्मिला बोगटीलगायत १८ जनालाई आपराधिक बल तथा हातहतियार प्रयोग गरी बन्धक बनाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान अघि बढाइने प्रहरी परिसरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री