एमसीसीको सहयोगमा बन्ने प्रसारणलाइनका लागि बोलपत्र, चैत १३ सम्म आवेदन दिन पाइने

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।

एमसीए नेपालले तीनवटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै, रातमाटे–दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारणलाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारणलाइनको खण्डको कुल १८ किलोमिटर लामो प्रसारणलाइनसमेत यसैमा समेटिएको छ ।

आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।

एमसीसीले कुल ५० करोड डलर र नेपाल सरकारका तर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ। आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुने गरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ। एमसीसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ।

लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस