काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा-१ बाट प्रतिनिधिसभामा जित हासिल गरेका छन् । महामन्त्री शर्माले एमालेका अग्नि खरेललाई १४ हजार २७५ मत अन्तरले पराजति गरेका हुन् ।
शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् भने एमालेका खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत प्राप्त गरेका छन् ।
तपाईंको प्रतिकृया




