काठमाडौं । प्रतिनिधि सभाको लागि भएको निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार आज बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६ सय २६ मतान्तरसहित विजयी भएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४ सय ५१ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सूर्य पाठकले १८ हजार ८ सय २५ मत ल्याएका थिए ।
तपाईंको प्रतिकृया




