मेगा बैंकको शाखा रहित बैकिङ सेवा उदयपुरको देउरीमा

उदयपुर  । मेगा बैंकको शाखा रहित बैकिङ सेवा उदयपुरको  त्रियुगा नगरपालिकाको देउरीमाआरम्भ गरेको छ ।

त्रियुगा नगरपालिका वडा ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच सो शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरे।

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री