गण्डकी विकास बैंकले १५ लाखसम्मको विना धितो कर्जा दिने

काठमाडौं । गण्डकी विकास बैंकले विना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ ।

उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ ।

बैैंकले बचत खातातर्फ दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा सेवा लगायत ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

 

त्यसैगरी, बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत व्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ ।

निशुल्क एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा लगायतका  सेवा प्रदान गर्नुको साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा  समावेश गरिएको बैंकले जनाएको छ । ग्राहकहरुले बैंकका  जुनसुकै शाखा कार्यालयबाट  यी सेवा लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री