काठमाडौं। महालक्ष्मी विकास बैंकले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. २ का रक्तक्यान्सर पीडित बालक विश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ ।
बैंकको काठमाडौँस्थित बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय बालकलाई रु १० हजार नगदसहित फलफुल सामग्री प्रदान गरेको हो ।
बैंककी बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सरपीडित बालकका पिता जीवन कार्कीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
तपाईंको प्रतिकृया




