काठमाडाैँ । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रति तोला १ हजरा २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहॊस