स्यालको टोकाइबाट नौ जना घाइते

काठमाडाैँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।

स्यालको टोकाइबाट घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट १० का भुपेन्द्र बुढा छन् । घाइते मध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मंगलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए ।

स्यालले भेटिएका जति मान्छेलाई टोक्दै हिडेको उनको भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजा लगायतका ठाउँमा स्यालको विगविगी बढेको छ । स्यालले घरमै तथा बाटोमा हिड्ने मान्छेलाई टोकिरहेको छ ।

घाइते मध्य एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूलाई रेविजविरुद्धको खोप दिइएको छ । स्याललाई नियन्त्रणमा लिन सकिएको छैन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस