सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस