अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ फागुन १९ प्रदर्शन हुने

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मितिकाे घोषणा भएको छ ।

निर्माताले आज पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि छन् ।

 

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् ।

फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । सन् २०१३ को फिल्म ‘छड्के’कै दोस्रो श्रृंखला रहेको फिल्म रिभेन्ज ग्याङस्टर फिल्म हो । तर, अघिल्लो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक श्रेष्ठले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस