कांग्रेसको घोषणाः ६५ वर्षमा वृद्धभत्ता, ७३ वर्षपछि उपचार निःशुल्क

काठमाडाैं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमा नै दिइने घोषणा गरेको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक चुनावी घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झारिने उल्लेख गरिएको हो ।

अहिले ६८ वर्ष पुगेकाले ज्येष्ठ नागरिक भत्ता पाउने गरेका छन् । कांग्रेसले यसलाई ६५ वर्षमा झार्ने घोषणा पत्रमा उल्लेख गरेको हो । कांग्रेसले ७३ वर्ष पुगेका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने पनि घोषणा गरेको छ ।

त्यस्तै, ६५ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने पनि कांग्रेसको घोषणा पत्रमा उल्लेख गरिएको छ । कांग्रेसले ३ वर्ष मुनिका बालबालिकाको उपचार पनि निःशुल्क गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस