कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

काठमाडाैं । कालीकोटमा बम बिष्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । तिलागुफा नगरपालिकामा भएको विष्फोटमा परी तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती राना रहेका छन् । घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी सपना थापा रहेका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा ल्याइएको छ । स्थानीय कोदोबारीमा भेटिएको बम बालबालिकाले चलाउँदा बिष्फोट भएको प्रहरीले जनाएको छ । बम जनयुद्वको समयमा राखिएको हुन सक्ने बताइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विष्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी जयश्वर रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस