मालिक भएपछि एलन मस्कले हटाए ट्विटरका सिइओसहित उच्च कर्मचारी

काठमाडाैँ । विश्वकै धनाढ्य एलोन मस्कले सोशल मिडिया कम्पनी ट्वीटरको ४४ अर्ब डलर डिल क्लोज गरेसँगै ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् ।

बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् ।

मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ । कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन । उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस