गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

काठमाडाैं । गोरखा नगरपालिका–५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेका बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस