रुसी लडाकु विमान दुर्घटनामा १३ जनाको मृत्यु

रुसी एसयु-३४ लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। रुसी आपत्कालीन मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ। १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ।

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरेका छन् ।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए। तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो। दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ।एजेन्सी

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री